केन्द्रले पैसा,प्रदेशले यातायात र स्थानीयले क्वारेनटाइनकाे व्यवस्था गर: प्रवक्ता शर्मा

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सीमामा अलपत्र नेपालीहरूको उचित व्यवस्था गर्नु पर्ने बताएका छन् ।

बिहीबार ट्विट मार्फत भनेका छन्, केन्द्र सरकार पैसा पठाऊ । प्रदेशले यातायात प्रबन्ध र स्थानीयले क्वारेनटाइन व्यवस्थित गर । त्यस्तै उनले भारत सरकारले सीमामा ल्याएका,ल्याइरहेका नेपालीलाई व्यवस्थित प्रवेश,क्वारेनटाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउनु पर्नेमा जोड दिएका छन् ।  साथै देशले तीव्रता तर बुद्धिमत्ता साथ कार्य गर्न जरुरी भएको उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments