प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव,पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनुहोस

शुक्रबार, फाल्गुन १६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका छन । निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणलाई लिएर प्रवक्ता शर्माले पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबन्न सुझाव दिएका हुन ।

शुक्रबार ट्वीट मार्फत प्रवक्ता शर्माले भनेका छन ।पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ! अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ ट्वीटमा उल्लेख गरिएको छ । उनले अडियोको प्राविधिक परिक्षणसम्म यहाँले नै भन्दै प्रश्न गरेका छन ।

प्रधानमन्त्री ओलीले विहीबार नेकपा बागमती प्रदेशका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाको बचाउ गरेका थिए ।

प्रवक्ता शर्माकाे ट्विट जस्ताकाे त्यस्तै

prbakta sharma

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments