अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायाे : प्रवक्ता शर्मा

शुक्रबार, बैशाख १२, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएकोमा खुसी व्यक्ति गरेका छन ।

शुक्रबार ट्विट मार्फत प्रवक्ता शर्माले भनेका छन,अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश भन्दै उल्लेख गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर आइडीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले जनताको तर्फबाट आग्रह छ ।अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला भन्दै सुझाव समेत व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments