सङ्कटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन हुँदैन: प्रवक्ता शर्मा

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अख्तियारलाई स्मृति पत्र लेखेका छन् ।  कोरोना भाइरसको सङ्क्रमणको प्रभाव न्यूनीकरण गर्ने नाममा भ्रष्टाचार भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरेका हुन ।

मङ्गलवार ट्विट मार्फत प्रवक्ता शर्माले अख्तियारलाई स्मृति पत्र मार्फत ध्यानाकर्षण गराएका हुन । उनले भनेका छन् , सङ्कटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व हो । सरकारलाई साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण गरेका हुन । उनले अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौँ,तर ‘

तर सङ्कटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न भन्दै ट्विट मार्फत ध्यानाकर्षण गरेका छन् ।  सरकारले कोरोना भाइरसबाट बच्न चीनबाट अत्यावश्यक सामग्री खरिदको विषयमा व्यापक अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रवक्ता शर्माकाे ट्विट यस्ताे छ

bishwa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments