राष्ट्रपतिले आफू व्यक्ति होइन संस्था हो भन्ने कुराको हेक्‍का हाेस : प्रवक्ता शर्मा

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको काम कार्बाहीबारे असन्तुष्टि जनाएका छन ।  राष्ट्रपति विद्यादेवी भण्डारी साझा नभएर दलको रुपमा पार्टीेको काम गरिएको भन्दै प्रवक्ता शर्माले आरोप लगाए ।

उनले प्रेस युनियनले धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले सम्मानित पदको गरिमा राख्न आग्रह गरे । पूर्व राष्ट्रपति रामवरण यादवको उदाहरण दिदैं प्रवक्ता शर्माले यादवसँग कलास लिन सुझाव दिए । ‘केपी ओली प्रधानमन्त्री रहने, प्रचण्डलाई कार्यकारी अधिकार दिने छलफल बालुवाटारमा कम शीलत निवासमा बढी भएको सुन्यौँ’, उनले प्रश्न गरे, ‘राष्ट्रपतीलाई विवादमा पार्ने काम कम्युनिस्ट साथीहरुले किन गर्नुहुन्छ ?’ राष्ट्रपतीले आफू व्यक्ति होइन संस्था हो भन्ने कुराको हेक्‍का राख्नुपर्ने सुझाव दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata