काँग्रेसले प्रधानमन्त्री हुन कुनै नेतालाई प्रस्ताव गरेको छैनः प्रवक्ता शर्मा

आइतवार, पुस ३०, २०७४



काठमाडौँ, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कारमा उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि लानेगरी गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताए । उनले भने ‘पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ।’

 

हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा सहित उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइने उनको भनाइ छ ।
शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति बैठक बोलाइने स्पष्ट पारे ।

 

शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट पार्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने समेत बताए । उनले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताए ।

371 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank