कांग्रेस प्रवक्ता शर्माका प्रश्न : हाम्रो प्रधानमन्त्रीको राष्ट्रबाद कुन मञ्चमा सुकुला ?

बुधबार, बैशाख २६, २०७५



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर ६ प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत ट्वीट गर्दै वर्तमान ओली नेतृत्वको सरकारलाई प्रश्न गरेका छन् ।

उनले भारतीय प्रधानमन्त्री मोदी भ्रमण प्रदेश को कि देशको भन्दै पहिलो प्रश्न गरेका छन् । मोदी राजधानी काठमाडौ नआएर सिधै जनपुर जाने तयारी प्रति ब्यङ्ग्य गर्दै यस्तोे प्रश्न गरेका हुन् । त्यस्तै प्रबक्ता शर्माले दुई भूगोलमा अभिनन्द कत्तिको जायज भनेर सोधेका छन् । भारतयि प्रधानमनत्री जनपुर आउने कुरालाई उनले जनपुरले सम्पूर्ण देशको प्रतिनिधितव गर्छ कि गर्दैन भनेर प्रश्न गरेका छन् ।

मोदीको सुरक्षाका लागि भारतीय सेना नेपालमा आएको विषयमा असन्तुष्ट जनाउदै उनले भारतीय सैनिक उपस्थिती अतिक्रमण कि अविश्वास भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भारतीय नाकाबन्दीको भुल बोध गरिदै कि भुल्दै भनेर प्रश्न गरेका छन् ।

साथै भारतीय नाकाबन्दीको विरोध गरेर राष्टबाद कहलिएका प्रधानमन्त्री ओलीलाई हाम्रो प्रधानमनत्रीको राष्टबादका कुन मञ्चमा सुकुला भनेर प्रश्न गरेका छन् ।

यस्ताे छ ट्वीट

bisho tewet

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank