नेपाल कम्युनिष्ट पार्टीमा विष्णु पौडेलको बढुवा, सचिवालयमा महिला परेनन्

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी अलग–अलग हुँदा एमालेका उपमहासचिव रहेका विष्णु पौडेल पार्टी एकतापछि महासचिव बनेका छन् । एकता संयोजन समितिको बैठकले उनलाई संयुक्त पार्टीको महासचिव बनायो ।

एमालेका महासचिव ईश्वर पोखरेल भने एकीकृत पार्टीमा सचिवालय सदस्यको रुपमा झरे । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार माधवकुमार नेपालको पनि बढुवा भएको छ ।

झलनाथ खनालपछिको वरियताक्रममा रहेका नेपाल एकीकृत पार्टीमा खनालभन्दा माथि रहनेछन् । पहिलो वरियतामा केपी रहनेछन भने दोस्रोमा प्रचण्ड, तेस्रोमा नेपाल, चौथोमा खनाल र पाँचौँमा वामदेव गौतम रहनेछन् । छैठौँमा नारायणकाजी श्रेष्ठ (प्रवक्ता), सातौँमा ईश्वर पोखरेल, आठौँमा रामबहादुर थापा र नवौँमा विष्णु पौडेल छन् ।

सचिवालयमा महिला परेनन्
९ सदस्यीय केन्द्रीय सचिवालयमा महिला, मधेसी र दलितको प्रतिनिधित्व छैन। जनजातिको प्रतिनिधित्व भने नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गरेका छन् ।

उपमहासचिव विष्णु पौडेल सचिवालयमा थपिने मात्र होइन, महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारी पाए । उनले पार्टी एकताका लागि ठूलो भूमिका खेलेका थिए । पौडेलभन्दा माथिल्लो पदमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सचिवालयमा अटाइनन् । उनी एमालेकी एक्ली उपाध्यक्ष हुन् ।

2181 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank