व्यवसायीका समस्या समाधान गर्दै राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछौं: महासचिव पौडेल

सोमवार, जेष्ठ २८, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्याहरु समाधान गर्न अबको सरकार तयार रहेको बताएका छन् । नेपाल राष्ट्रिय बाणिज्य संघकाे  काठमाडौंमा अायाेजित विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अात्मनिर्भर अर्थतन्त्रमा जाेड दिएका हुन् ।

पाैडेलले  नितिगत र प्रसाशनिक झन्झटहरुलाई फुकाउँदै व्यवहारीक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापारघाटालाई कम गर्न निर्यातजन्य बस्तुहरुको उत्पादनमा जोड दिदै उत्पादन र उत्पादकत्व बढाउने, रोजगारीको अवसरहरुको सृजनागर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्ने बताए । उनले दलालपूँजीवादलाई निरुत्साहित गर्दै अर्थतन्त्र अघि बढ्ने जनाए ।

व्यापारी व्यवसायीहरुको हकहितको निम्ति कृयाशिल नेपाल राष्ट्रिय बाणिज्य संघ सरकारको सहयोगी अंगको रुपमा आफ्नो भुमिका बदल्दै व्यवसायीक क्षेत्रका सबै नीति निमार्णका लागि महत्वपुर्ण सल्लाहकारको रुपमा आफुले पाएको  पौडेलले बताए । कार्यक्रममै पाैडेललार्इ  संघले  विभिन्न २६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएकाे थियाे ।

विस्तारित बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, उद्योग व्यवसायीमहासंघका बरिष्ठ उपाध्यक्ष भरत कुमार श्रेष्ठ, महासंघकै उपाध्यक्ष तथा प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank