सरकारले थोरै अबधीमा धेरै उपलब्धीमुलक काम गरेको छ : महासचिव पौडेल

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारले थोरै समयमा धेरै उपलब्धी मुलक काम गरेको बताएका छन् ।

मंगलबार काभ्रेमा नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महासवि पौडेलले सरकारले सन्तोषजनक काम गरिरहेको छ । सरकार आफ्नै गतिमा अघि बढिरहेको बताएका छन् । उनले सरकार सबै तहका विकास निर्माणका कुरामा रफ्तारका साथ अघि बढेको दाबी गरे।

फरक प्रसंगमा उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले मंसिरको अन्तिम सातासम्म एकता प्रक्रिया टुंगिसक्ने बताए ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank