नक्सलवादीकाे विस्फोटमा परि १६ सुरक्षाकर्मी मारिए

बुधबार, बैशाख १८, २०७६



मुुम्बइ।  महाराष्ट्रकाे गढचिरौलीमा नक्सलवादीले गराएको बम विस्फोटमा सुरक्षाकर्मीको गाडी ध्वस्त भएको छ ।महाराष्ट्रको नक्सलपन्थी प्रभावित जिल्ला गढचिराैलीमा भारतीय माओवादीले सुरक्षाकर्मीलाई लक्षित गराउँदै विस्फोट गराउँदा १६ सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् ।

बुधबार विहान नक्सलपन्थीले सुरक्षाकर्मीको गाडीमाथि हमला गरेको भारतीय संञ्चार माध्यमले जनाएका छन् । भारतीय राज्य महाराष्ट्रका मन्त्री सुधिर मुन्गान्तीवरका अनुसार १५ सुरक्षाकर्मी र एक ड्राइभरको घटनास्थलमै ज्यान गएको हाे ।

भारतीय लोकसभा निर्वाचनलाई लक्षित गर्दै गराइएको उक्त विस्फोटमा सिआरपीएफको पेट्रोलिङमाथि नक्सलपन्थीहरुले आक्रमण गरेका थिए । घटनापूर्व गढचिरौली जिल्लामा सडक निर्माण कम्पनीको २५ गाडीमा आगजनी गर्दै नक्लपन्थीले नारा जुलुस समेत गरेका थिए ।

घटनास्थलबाट भाग्नु भन्दा अगाडि उनीहरुले अघिल्लो साल भारतीय सुरक्षाकर्मीले हत्या गरेका आफ्ना साथीको बदला लिएको बताएका थिए । हाल सुरक्षाकर्मीले उक्त क्षेत्रमा सर्च अभियान चलाएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank