अमेरिकामा गएर बच्चा जन्माउन कडाइ, आजैबाट ‘बर्थ टुरिजम’मा नयाँ नीति

शुक्रबार, माघ १०, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाले ‘बर्थ टुरिजम’(जन्म पर्यटन)लाई अब रोक्ने भएको छ । यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य  आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ ।

शुक्रबारदेखि अमेरिकी विदेश मन्त्रालयले  बर्थ टुरिजममा रोक लगाउने भएको हो । अब गर्भवतिले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्ने अधिकारिहरूले बताएका छन्  ।

साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । अमेरिकी करदाताको रकम दुरुपयोग नहोस् भन्ने अमेरिकी चाहना रहेको बताइएको छ । अमेरिकी राष्टपति डोनाल्ड टम्पले सो सम्बन्धी अमेरिकी नीतिको विगतमा आलोचना गर्दै आएका थिए ।

सन् २०१७मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८सय रहेको थियो । २०१६ र २०१७को बीचमा ३३ हजार बच्चा अस्थायी पर्यटकका जन्मेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments