एकै पटक तीन छोरी र एक छोराको जन्म

बिहिबार, माघ २, २०७६



काठमाडौं । पोखरामा एक आमाले तीन छोरी र एक छोरा गरि चार शिशुको जन्म दिएकी छिन ।  बिहिबार मणिपाल अस्पतालमा स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता प्रधानले चार शिशुलाई जन्म दिएको अस्पतालका स्टार्फ नर्स लक्ष्मी श्रेष्ठले जानकारी दिइन ।

पहिलो बच्चा छोरीको एक किलो ५ सय ग्राम, दोस्रो बच्चा छोरा एक किलो ३ सय ग्राम, तेस्रो छोरी एक किलो ३ सय ग्राम र चौथो छोरीको तौल एक किलो ४ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।अस्पतालका डाक्टर महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यक्रियामार्फत चार बच्चा जन्मिएका हुन् । चारै जना शिशु र आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments