गोली हानी अपरहणकारी नियन्त्रणमा, बालकको सकुशल उद्धार

बुधबार, कार्तिक २०, २०७६



पर्सा । प्रहरीले वीरगञ्जस्थित सिर्सिया  खाल्वाटोलामा  गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार गरेको छ ।

गएराति भएको  घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ। गोली दासको दाहिने खुट्टामा लागेको छ ।

पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोर एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि गरेका छन् । काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata