पशुपतिको मृगस्थलीमा तीन हजारको संख्यामा वृक्षारोपण गरियो

सोमवार, साउन ६, २०७६



काठमाडौं । पशुपति क्षेत्र विकास र सशस्त्र प्रहरी बलद्वारा पशुपति क्षेत्रविकासमा तीन हजारको संख्यामा वृक्षारोपण गरेको छ । हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथको पाशुवत क्षेत्र मृगस्थलीमा विभिन्न प्रजातीका तीन हजार वृक्षारोपण गरिएको हो ।

सोमबार विहान भएको वृक्षारोपण कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकासका सदस्य सचिव डा. प्रदिप ढकालले पशुपति क्षेत्रको अभिवृद्धि गर्न श्लेषमान्तक बन, विश्वरुपा क्षेत्रको बनजंगलको संरक्षण गर्न र भू-क्षय कम गर्न वृक्षारोपण गरिएको बताए । उनले धार्मिक बन मासेर खेलकुदका क्रियाकलाप गर्नु पर्ने कार्यको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले बन जंगल संरक्षण भएका बाघ,चितुवा घरमा आउन नसक्ने ठोकुवा गरे ।

सशस्त्र प्रहरी बलका महानिरिक्षक शलैन्द्र खनालले पशुपति सबैको आस्थाको केन्द्र भएकाले सरकारको निर्देशनलाई समेत मध्यनजर गर्दै वृक्षारोपण गरिएको प्रष्ट पारे । उनले पर्यावरणीय प्रणालीलाई ध्यानमा राख्दै चराचुरुङ्गीको वासस्थानको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोषका निर्देशक भोला प्रसाद सिटौलाले स्वागत मन्तव्य राखेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata