पकाएर खाए बर्ड फ्लु नसर्ने

बुधबार, चैत्र ६, २०७५



काठमाडौं  । बर्ड फ्लु कारण कुखुराको मासु खान हिचकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन,’ उनले भने ।

मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । याे समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata