राष्ट्रिय सभाका पूर्ब सदस्य सिंहको निधनप्रति एमालेद्धारा दुख प्रकट

सोमवार, भदौ १२, २०७४



काठमाडौ। नेकपा (एमाले) का नेता, केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सचिव र राष्ट्रिय सभाका पूर्व सदस्य वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा असामयिक निधन भएकोमा एमालेले दु्ख प्रकट गरेको छ।

स्थानीय तहको निर्वाचनलगत्तै असार २७ गते राती १ः०० बजे प्यूठान नौबहिनी गाउँपालिका–६ लुङस्थित आफ्नै घरमा राती बार्दलीबाट लडेर घाइते भएका सिंहको काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा उपचार भइरहेको थियो । पहिलो चरणमा २२ दिन उपचार गरिसकेपछि डिस्चार्ज भएका सिंह पुनः अस्पताल भर्ना भएका थिए । मस्तिष्कको चोटसँगै मृगौला र कलेजोमा उत्पन्न समस्याका कारण सघन उपचार कक्ष (आइसीयू)मा लगातार १४ दिन उपचार भइरहेकोमा भदौ ११ गते ७ः०३ बजे दुःखद अवशान भएको एमालेले जनाएको छ।

वि.सं. १९९७ साल मंसिर १ गते बुबा ईश्वरबहादुर केसी र आमा चेतना केसीको कोखबाट जन्मिएका सिंहले २०१५ सालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत लागेका उनले ः बनारसमा अध्ययनको क्रमदेखि नै निर्वासित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रभावमा रहीे नेतृत्व गरेका थिए। । २०४६ को आन्दोलनको पूर्वसन्ध्यामा प्यूठान जिल्लामा नेकपा (माले) को धारलाई संगठित रुपमा अघि बढाउन गठित जिल्ला पार्टी सक्रिय दलको संस्थापक सचिव भएर त्यसयता पार्टीको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी सदस्य र केन्द्रीय सल्लाहकार कमिटी सचिव जस्ता जिम्मेवारीमा रही सक्रिय भूमिका निर्वाह गरेका थिए। झन्डै ६० वर्ष लामो राजनीतिक यात्रामा सिंहले कम्युनिस्ट आन्दोलनप्रति अविचलित आस्था, जनताको निःस्वार्थ सेवा र सादगीपूर्ण एवम् स्वच्छ जीवनका आदर्शहरु स्थापित गरेका छन् ।

उनले प्यूठानको चर्चित मुक्ति माध्यमिक विद्यालय रातामाटा, जनता माध्यमिक विद्यालय बागदुला, जनज्योति माध्यमिक विद्यालय चुत्राबेसी, अर्घाखाँची लगायत रोल्पाको लिबाङ, बाग्लुङको बोहरा गाउँ, गुल्मीको धुर्कोटबस्तु आदि विद्यालयहरुमा अध्यापन गराएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षका रुपमा लामो समय प्यूठानमा क्रियाशील सिंह जिल्लाका एक चर्चित र अत्यन्तै सम्मानित प्रधानाध्यापकका रुपमा धेरै विद्यार्थीहरुको हृदयमा सम्मानित छन्। राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका उनले प्यूठानी जनताको जनप्रतिनिधिका रुपमा समेत जनसेवा गरेका थिए।

उनका छोरा विजय, अजय र सञ्जय तथा छोरीहरु लक्ष्मी र सावित्रा छन् । एमालेले द्खको यस घडीमा शोक सन्तप्त परिवार प्रति समावेदना प्रकट गदर््ै सिंह प्रति श्रद्धान्जली प्रकट गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments