शनिबारदेखि विराट गोल्ड कप फुटवल प्रतियोता शुरु हुँदै

मङ्लबार, चैत्र १३, २०७४



विराटनगर । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ ।

शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ । फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर रुपमा लागिरहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।

यसका साथै विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब छन् । सो प्रतियोगितामा अनुमानित रु एक करोड खर्च हुने आयोजक समितिका संंयोजक रिजालले जानकारी दिए ।

सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।

432 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank