विष्फोटमा संलग्न भएको आरोपमा नेकपाका पूर्व सांसदसहित ७ पक्राउ

शुक्रबार, चैत्र ३०, २०७४



उदयपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा उदयपुर जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा नेकपा माओवादी विप्लबका निकट पूर्व सांसदसहित ७ जना पक्राउ परेका छन्।

पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको प्रहरीले जनाएको छ ।  पूर्व सांसद राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी व्युरो इन्चार्ज समेत हुन्। राई ०६४ को निर्वाचनमा सुनसरीबाट नेपाल नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए। चैत पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राई लगायतलाई प्रशासन परिसरबाटै पून पक्राउ गरी उदयपुर ल्याइएको नेत्रबिक्रम चन्द नेकपा माओवादीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरेका छन् । पक्राउ पर्नेहरुको नाम, ठेगाना भने खुलायउको छैन् ।

225 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank