डोटीबाट विप्लवका एक कार्यकर्ता पक्राउ

आइतवार, जेष्ठ ५, २०७६



डोटी । नेत्र विक्रम चन्द समुहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बडीकेदार गाउँपालिका–४ भमराका प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

थापा आफ्नै घरमा बसीरहेको अवस्थामा पक्राउ परेका हुन् । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा गत वैशाख २३ गते राति भएको आगजानीमा उनको संग्लग्नता रहेको हुन सक्ने प्रहरीले  आशंका गरेकाे छ ।

थापालाई आज नै जिल्ला प्रहरी कार्यालय सिलगढीमा उपस्थित गराउनुका साथै सोधपुछ भइरहेको डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank