विप्लवका जिल्ला इन्चार्ज सहित १० जना कार्यकर्ता पक्राउ

मङ्लबार, बैशाख १७, २०७६



बाजुरा । नेत्र विक्रम चन्द विप्लव समुहका जिल्लाका इन्चार्ज सहित १० जना कार्यकर्ता हतियार सहित पक्राउ परेका छन् । विप्लवका जिल्ला इन्चार्ज भूपेन्द्र विक,जिल्ला सचिव भरत थापा, पवित्रा विक सहित १० जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई बुढिंगगा नगरपालिका १ अम्कोटबाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा त्यस्तै २ पाकेट गन पाउडर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धि र दफा ५० अनुसार राज्य द्रोहके मुद्धा चलाउने प्रहरी प्रमुख उद्धवसिह भाटले जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank