पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त रिहाई गर्न विप्लवको माग

बिहिबार, बैशाख २५, २०७७



काठमाडौं । नेत्र विक्रम चन्द विप्लवले आफ्ना पक्राउ परेका नेता तथा कार्यकर्ताहरु बिनासर्त रिहाई गर्न माग गरेका छन ।

बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले गत मंगलबार पक्राउ परेका केन्द्रीय सदस्य अनिल शर्मा‘विरही’सहितका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो। काेराेना महामारीकाे संकटलाई मध्यनजर गर्दै जनताले भाेग्नु परेका समस्याहरूका कारण पार्टीकाे कार्बाही स्थगनलाई वेवास्ता गर्दै केपी सरकारले अातंकवाद र हिँसा मच्चाउन खाेजिरहेकाे अाराेप लगाएकाे छ ।

आफ्नो असफलता र बदनामीबाट जनतालाई ध्यान अन्तै मोड्न खोजिएको समेत आरोप विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहाेस विप्लवद्वारा  जारि विज्ञप्ति

 

biplop

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments