चन्दसमूहका १५ कार्यकर्ता पक्राउ

आइतवार, पुस १३, २०७६



काठमाडौं । सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका १५ कार्यकर्ता पकाउ परेका छन ।  राजधानी काठमाडौंको भृकुटिमण्डपमा नाराबाजी गरिरहेको अवस्थामा विप्लवका कार्यकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सरकार विरोधी कार्यक्रम गरेको भन्दै प्रहरीले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख होबेन्द्र बोगटीले पुष्टि गरे । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ पर्नेमा पूर्वमन्त्री सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले जनाएको छ । हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमति सहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायत छन् । जुलुस सहित सि‌‌हदरबार जान खोजेका उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते समेत भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments