विप्लवका जाजरकोट इन्चार्ज पक्राउ

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका समुहका जिल्ला इन्चार्ज पक्राउ परेका छन । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज धमिल भनिने प्रेमप्रकाश ओली पक्राउ परेका हुन ।

चन्दा आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र वडा कार्यालयमा आगजनी गर्ने विध्वंशात्मक कार्यमा संलग्न रहेको अभियोगमा उनलाई बिहीबार राति बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाजरकोटस्थित नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली प्रतिबन्धित नेकपाको जाजरकोट इन्चार्जको रुपमा सक्रिय रहँदै आएका प्रहरीले जनाएको छ । पछिल्लो समय सरकार विप्लव नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata