विप्लवका १६ जना नेता कार्यकर्ता हतियार सहित पक्राउ

आइतवार, कार्तिक २४, २०७६



बाजुरा । नेत्र विक्रम चन्द विप्लव निकट (नेकपा) माओवादीका १६ जना कार्यकर्ता हतियार सहित पक्राउ परेका छन ।गत शुक्रबार बाजुरा जिल्लाको गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात प्रहरीले फेला पारी बरामद गरेको छ । विप्लव नेता कार्यकर्ता पक्राउ परेसँगै विज्ञप्ती मार्फत गैरकानुनीक गिरफ्तार गरेकाे अाराेप लगाएकाे छ ।

कमरेड निर्माण नामबाट जारी विज्ञप्ती मार्फत   सिंगो देश भारतीय साम्राज्यवादको हस्तक्षेप विरुद्ध संघर्ष गर्नु पर्नेमा उल्टै भारतीय सामा्रज्यवादलाई मलजल पुग्ने गरि कार्यकर्ता पक्राउ गरेको भन्दै निन्दा प्रकट गरेको छ । पक्राउ परेका कार्यकर्ताको यथासिघ्र रिहाई गर्न माग गर्दै रिहाइ नगरे प्रतिवाद गर्ने जनाएको छ ।

हेर्नुहाेस विज्ञप्ती

biplap

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata