विप्लवका दुई इन्चार्ज सहित पाँच कार्यकर्ता पक्राउ

बिहिबार, असार ५, २०७६



काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहका दुई इन्चार्ज सहित पाँच कार्यकर्ता पक्राउ परेका छन ।

 पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मुकुन्द श्रेष्ठ र अखिलका उदयपुर जिल्ला सदस्य विकास तामाङ छन्।

विशेष सूचनाका आधारमा महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शहकुल थापाले जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata