अदालतले छोड्न आदेश दिए लगत्तै विप्लवका कार्यकर्ता पून: पक्राउ

शुक्रबार, जेष्ठ ३१, २०७६



कास्की । कास्की प्रहरीले पक्राउ गरेका नेत्र विक्रम चन्द(विप्लव) समूहका कार्यकर्तालाई छोड्न आदेश दिए लगत्तै प्रहरीले पून: पक्राउ गरेको छ ।

उच्च अदालत पोखराले विहिबार विप्लव समूहका जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियारले छोड्ने आदेश दिएको थियो । तर प्रहरीले अदालतको निर्णय लगत्तै उनीहरुलाई पून पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई लेखनाथ स्थित डाँडाको नाक प्रहरी चौकीमा राखिएको छ । गत शनिवार पक्राउ परेका अन्य नौ जनालाई सार्वजनिक मुद्दा लगाइएको छ । सार्वजनिक मुद्दामा भने म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata