विप्लव समूहका जुम्ला इन्चार्ज तिरुवा पक्राउ

बिहिबार, जेष्ठ ३०, २०७६



काठमाडौं । नेत्र विक्रम चन्द नेकपा समूह जुम्लाका जिल्ला इन्चार्ज पक्राउ परेका छन । सरकारले विप्लव निकट नेकपा समूहलाई प्रतिबन्ध लगाएसँगै नेता कार्यकर्ता पक्राउ परिरहेका छन ।

सोही क्रममा जुम्लाका इन्चार्ज चन्द्रबिर तिरूवा (रबिकिरण) लाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जुम्ला सिजा गाउँपालिकाबाट तिरुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

प्रहरी नायव उपरिक्षक रिजालका अनुसार तिरुवालाई गए राति नै जिप्रपा जुम्मालामा ल्याइसकेको जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata