विप्लव कार्यकर्ताको निधन पछि भोजपुर बन्द,जनजीवन प्रभावित

शुक्रबार, जेष्ठ १०, २०७६



काठमाडौं । गत मंगलबार प्रहरीसँगको मुठभेटमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले जिल्ला बन्दको आह्वान गरेको गरेको छ ।

बन्दका कारण भोजपुर जिल्लामा चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन । शैक्षिक संस्था पूर्ण रुपमा बन्द हुनुका साथै सदरमुकामको बजार खुल्न सकेको छैन । यातायातका साधन चल्न नसक्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

विप्लव समूहद्वारा आह्वान गरिएको अघोषित बन्दको प्रभाव आशिंक रुपमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशब थेवेले जानकारी दिए।

गत मंगलबार टेम्केमैयुङ गाउँपालिका १ तिम्मा मैयुङ क्षेत्रमा पर्ने धोद्रे जङ्गलस्थित प्रहरी र विप्लव कार्यकर्ताबीच भएको मुठभेटमा  प्रहरी र विप्लव कार्यकर्ताको मुठभेटका क्रममा तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata