विप्लपका जिल्ला अध्यक्ष सहित चार कार्यकर्ता पक्राउ

सोमवार, बैशाख २५, २०७४

- शुकदेव थपलिया-काभ्रे



फाईल तस्विर

स्थानिय निर्वाचनको लागी सुरक्षा निकायले मुख्य चुनौतीको रुपमा औल्याएको नेत्रविक्रम चन्द (विप्लव) नेकपाको चार कार्यकर्ता पक्राउ परेका छन् । बिहिबार,शनिवार र आईतवार गरी काभ्रे प्रहरीले निर्वाचनमा कुनै अप्रिय घटना घटाउने आशंकामा चन्द  नेतृत्वको नेकपाको जिल्ला अध्यक्ष सहित चार जनालाई पक्राउ गरेको जनाएको छ । बिहिबार काभ्रेको सदरमुकामबाट विव्लव समुहका सदस्य शंकर नेपाल र भोला नेपाललाई पक्राउ गरेको र सुजिता परियारलाई शनिवार पक्राउ गरिएको थियो ।

उनीहरूलाई थप अनुसन्धानको लागी राखीएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईले बताएका छन् । आईतवार पक्राउ पर्नेमा नेकपाको जिल्ला अध्यक्ष खानीखोला गाउँपालिका ५ साल्मेचाकल घर भएका जिल्ला दलित संघ काभ्रेका अध्यक्ष समेत रहेका ३१ बर्षिय रमेश परियार र जिल्ला सदस्य धुलिखेल नगरपालिका ११ घरभएका कान्छा तामाङ छन् । उनीहरूलाई काभ्रेको पनौतीबाट शंकास्पद अवस्थाबाट पक्राउ गरिएको बताईएको छ ।

स्थानिय निर्वाचनलाई लक्षित गरेर विभिन्न अराजक गतिविधी गर्ने,धम्काउने थर्काउने र उम्मेदवारलाई उम्मेद्वारी फिर्ता लिन समेत दवाव दिने काम उनीहरूले हँदै आएको प्रहरीको आरोप छ । निर्वाचनलाई लक्षित गरी काभ्रे प्रहरीले सुरक्षाको लागी बिशेष निगरानी बडाउँदै आएको जनाएको छ । प्रहरीले केहि दिन अघि काभ्रेको महादेवस्थान धाइटारमा सुतली बम पड्काएको समेत आरोप सो समुहलाई लागेको थियो । प्रहरीले शान्तिपुर्ण रुपमा चुनावलाई सम्पन्न गर्नको लागी सबै सुरक्षा संयन्त्रलाई बिशेष रुपमा परिचालन गरिसकेको समेत जनाएको छ ।

577 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank