कहाँ छन् विप्लप ? खोज्न देशभर प्रहरी परिचालन

मङ्लबार, चैत्र २०, २०७४

- भूपेन्द्र शाह ठकुरी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लबलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गरी उपस्थित गराउन आदेश दिएकाले प्रहरीले खोजीलाई तिब्रता दिएको हो ।

उनलाई पक्रन देशभर प्रहरी सक्रिय भएको छ । ज्यान मार्ने उद्योग र विस्पोटक पदार्थको मुद्दामा जिल्ला अदालत भोजपुरले विप्लबलाई पक्राउ गरी उपस्थित गराउन केही महिना अघि आदेश दिएको थियो ।

भूमिगत अवस्थामा रहेका विप्लपलाई अदालतको अादेश भएकाले जहाँ भेटेपनि गिरप्तार गरिने प्रहरी प्रबक्ता मनोज नेउपानेले नेपालपाटी डटकमलाई जानकारी दिए ।अदालतको आदेश भएकाले जो सुकै पनि उम्कन नसक्ने प्रहरीले जनाएको छ ।

407 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank