राष्ट्रियता जोगाउन कलमले पोते तर बिना भुल सज्जनको देशद्रोही हात भयो

मङ्लबार, जेष्ठ ८, २०७५



गजल

भावनाले मुटु साटे हिऊ सरी खात भयो
मखमली फुल रोपे पलासको जात भयो ॥

राष्ट्रियता जोगाउन कलमले पोते तर
बिना भुल सज्जनको देशद्रोही हात भयो ॥

तँ को साटो तपाई बाडे इज्जत राख्न भनि
बैगुनीका सामु त्यो त बैश फुली मात भयो ॥

उठाऔ शिर दृढ भई केहि गर्न भन्दा
सबको सामु अप्रिय त्यो जुनीको नै घात भयो ॥

निस्वार्थले खन्याएका दृढ ती इच्छाहरू
गुम्सिएर भाडाभित्र भतेरको भात भयो ॥

गर्छस् भने केहि गर समाजकै लागि केटा,
उठ् चाडै “बिप्लब उदित” प्रभात पुरै रात भयो ॥

बिप्लब उदित रिजाल “अदृश्य”
बुद्धशान्ती ६ झापा
हाल मलेसिया !

243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank