विप्लवका दाजुसहित २१ जना पक्राउ

बिहिबार, अशोज ३०, २०७६



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरीले सो पार्टीको बैठकमा हस्तक्षेप गरी केन्द्रीय र ब्युरोका नेताहरु गरी २१ जनालाई पक्राउ गरेको हो ।

विप्लव नेकपाका राप्ती इन्चार्ज सुवाससहित ब्युरोका उच्च तहका अधिकांश नेताहरु पक्राउ परेको बताइएपनि उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकामध्ये सो पार्टीका महासचिव विप्लवका दाजु वीरजंग समेत रहेकाे जानकारी प्राप्त भएको छ  ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार  उनीहरुलाई बैठक गरिरहेको अवस्थामा दाङको राजापुरबाट पक्राउ गरिएकोले हो । चुरेको मध्य जंगलमा बैठक बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata