‘विप्लव’ समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देश भर, कहाँ केके भयो

बिहिबार, फाल्गुन ३०, २०७५

- राजु झल्लु प्रसाद



सरकारले ‘विप्लव’समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै  देश भर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  यद्दपी  नेत्रविक्रम चन्द विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देश भर देखिएको छ।

आफ्ना नेता/कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान  गरिएकाे बन्दका कारण मुलुकको जनजीवन प्रभावित बनेकाे हो।

बिहानैबाट सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा देशभरिको जनजीवन प्रभावित भएको छ । स्कुल, कलेज र बजार समेत बन्द रहेका छन्।

काठमाडौं उपत्यका प्रभावित :

काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।  शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।

मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव

काठमाडौं उपत्यकामा बन्दको प्रभाव

प्रदेश ५ का प्राय: जिल्ला सशंकित:

प्रदेश ५ अन्यको तुलनामा विप्लवको गतिविधि भएको क्षेत्र हो । विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।

यस्तै अन्य जिल्लाहरुमा पनि प्रहरीले लामाे दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएकाे सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।

रुपन्देहीकाे बुटवलमा शंकास्पद वस्तु फेला:

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल बेलहिया सडकखण्डकाे बुटवल उपमहानगरपालिका-११ स्थित कालिका चाेकमा  सडकमा राखिएको स्पीड ब्रेकरको छेउमा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

बम रहेकाे आशंकामा नेपाली सेनाकाे बम डिस्फाेजल टाेली घटनास्थल पुगेकाे र साे क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।

कालिका चाेकमा राखिएको शंकास्पद वस्तु

कालिका चाेकमा राखिएको शंकास्पद वस्तु

दाङको एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु फेला:

तुलसीपुर उपमहानगरपालिका-५ बिपि चाेक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएकाे छ। साे वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीकाे टाेलिले नियन्त्रणमा लिएकाे छ।

शंकास्पद वस्तु भेटिएपछि तुलसीपुरकाे जनजिवन सशंकित बनेकाे छ।

जिल्ला बाहिरबाट आज बिहान रुपन्देही र दाङ आएका गाडीलाई भने प्रहरीले स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ।

बिपि चाेक नजिकै शंकास्पद वस्तु

बिपि चाेक नजिकै शंकास्पद वस्तु

प्युठानमा नगरपालिका अगाडि बम 

बिहिबार नै प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा बम भेटिएको छ । उक्त बस्तु सर्वसाधरणले देखेपछि प्रहरीलाई खवर गरेका थिए । danger

मकवानपुरमा ट्रकमा आगजनी:

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

यस्तै आज विहान पुर्व पश्चिम राजमार्गको हेटौंडा चितवन खण्डको बस्तीपुरमा ना ७३६९ नम्वरको डिव्वा गाडिमा ढुङ्गा प्रहार ट्रकका चलकलाई ढुङ्गाले लागेर सामान्य घाइते भएका छन् । सो गाडी चितवनबाट हेटौंडा आउदै गरेको प्रहरी नयब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

त्रिभुवन राजपथमा ट्रकमा आगजानी

त्रिभुवन राजपथमा ट्रकमा आगजानी

गोरखाको भिआईपी टोल र १२ किलो पनि शंकास्पद बस्तु फेला:

त्यस्तै  गोरखाको गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा  शक्तिशाली प्रेशरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

गोरखामा बम फेला, सेनाद्वारा निष्कृय

गोरखामा बम फेला, सेनाद्वारा निष्कृय

पोखराको सभागृह चोकमा श‌ंकास्पद बस्तु :

पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको छ। उक्त वस्तु बम भएको आशंका गरिएकाले नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको छ। सिर्जनाचोक र पृथ्वीचोकमा आवतजावतमा रोक लगाइएको छ।

पोखराको सभागृह चोकमा श‌ंकास्पद बस्तु फेला

पोखराको सभागृह चोकमा श‌ंकास्पद बस्तु फेला

बन्दले सुदूरपश्चिमको जनजिवन पनि ठप्प:

‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा  कैलाली जिल्लाको धनगढी क्षेत्रमा एक सवारी साधनमा आगजनी गरिएको छ भने गाडी रोक्न खोज्ने तीन जना पक्राउ गरिएका छन् ।

प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तव्य तर्फ पठाइरहेको भएपनि बिवाहका लागि जान लागेको भन्दै प्रहरीले रोक्दा रोक्दै पनि सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ ।

मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी

मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी खण्डमा बन्दका दिन ‘किन गाडी चलाएको ?’ भन्दै रोक्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले बताए ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

बाजुराका दुई स्थानमा शंकास्पद बस्तु : 
उता बाजुरा जिल्लाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank