‘विप्लव’ समूह हतियारसहित हिँडेको फेला परे गोली हान्नु: सरकारी निर्देशन

बिहिबार, फाल्गुन ३०, २०७५



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि मंगलबार प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ ।

सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने।

बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank