नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी

मङ्लबार, असार १०, २०७६



कावासोती । नवलपुरको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजे नगर उपप्रमुख मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो ।मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । साथै आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank