विप्लवका उपत्यका इन्चार्ज नविन बानेश्वरबाट पक्राउ

मङ्लबार, अशोज ७, २०७६



नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् ।

सोमबार उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी पूर्व राज्यमन्त्री समेत हुन् । उनको नाम नक्खु बम विस्फोटको घटनामा जोडिएको छ ।

यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि उनी इन्चार्ज भएका थिए । लामालाई राष्ट्रिय अनुसन्धानको सूचनाको आधारमा अपराध महाशाखाले पक्राउ गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments