जिल्ला अध्यक्ष विनोद चौधरीको मृत्यु

आइतवार, बैशाख ८, २०७६



महोत्तरी । जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको आइतबार मृत्यु  भएको छ ।

मधुमेह, थाइराइडलगायतका समस्याका कारण एक हप्ताअघि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत चौधरीको निधन भएको हो ।

उनको प्रार्थिव शरीरलाई महोत्तरीस्थित पिपरा गाउँपालिकामै ल्याउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुनाथ ठाकुरले जानकारी दिए ।

चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । लामो समयदेखि बिरामी चौधरी भारतको मेदान्त अस्पतालमा उपचार गराएर करिब ३ महिना अघिमात्र फर्किएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata