विनियोजन विधेयक २०७५ पारित

शुक्रबार, असार १५, २०७५



काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विनियोजन विधेयक, २०७५ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने बैठकको बहुमतले सो विधेयक पारित समेत गरेको हो ।

विनियोजन विधेयक, २०७५ लाई पारित गर्नु पूर्व विभिन्न राजनीतिक दलका सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित रकम माथि राखेका २१ वटा खर्च कटौतीको प्रस्तावहरुलाई बैठकको बहुमतले अस्वीकृत समेत गरेको थियो ।

त्यस्तै बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ तथा ‘ऋण तथा जमानत(बाईसौं संशोधन) विधेयक,२०७५’ लाई स्वीकृत समेत गरेको छ । बैठकमा उक्त तीन वटा विधेयकहरु माथि विचार गरियोस् भनी अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए । तीनवटै विधेयकहरुलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको बैठक आजै साँढे २ बजे बस्ने गरी स्थगित गरिएको छ ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank