सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउछाै‌ँ : मन्त्री मगर

शनिबार, चैत्र १७, २०७४



धनगढी । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् । शनिबार धनगढी विमान स्थलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मगरले उक्त कुरा बताएकी हुन्।

नागरिकको आधारभूत आवश्यकता पानी भएकोले त्यसका लागि खानेपानी मन्त्रालयले हरेक नागरिकलाई स्वच्छ पानीको पहुँच पु¥याउन आवश्यक पहलकदमी चाल्ने समेत बताएकी छन् । उनले मेलम्ची खानेपानी आयोजनाको काम तिब्रगतिमा भइरहेको समेत जानकारी बताएकी छन् ।

मन्त्री भएपछि पहिलोपटक धनगढी आएकी मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ का साथै समग्र सात नम्बर प्रदेशको खानेपानीको समस्या समाधानका लागि दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफू सात नम्बर प्रदेशकी छोरी समेत भएकोले यो प्रदेशको विकास निर्माणका लागि आफूले सधैं लागि पर्ने जनाएकी छन् ।

कञ्चनपुर १ का जनतासँग शुभकामना आदानप्रदान तथा दिवंगत ज्ञानु दाहाल र पति प्रकाश दाहालको सम्झनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरका लागि भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको टोली सहित उनी धनगढी पुगेकी हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank