मेलम्ची खानेपानीको बाँकी काम छिट्टै अघि बढ्छ : मन्त्री मगर

बिहिबार, बैशाख ५, २०७६



काठमाडौं । खानेपानी मन्त्री बिना मगरले केहि महिना देखि रोकिएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको काम छिट्टै थाल्ने बताएकी छिन् । निर्माणको जिम्मा लिएको विदेशी कम्पनी सिएमसी सँग सम्झौता रद्ध भएपछि मन्त्री मगरले खानेपानी प्रक्रिया अघि बढाउने जनाएकी हुन् ।

बिहिबार काठमाडौंमा आयोजित उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराएकि छिन् ।

उनले काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई कडा निर्देशन दिएकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata