वैकल्पिक विमानस्थलका लागि उपत्यका नजिक ठाउँ खोज्न समिति गठन

बुधबार, बैशाख १९, २०७५



काठमाडाै‌ । सरकारले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ ।

वैकल्पिक विमानस्थल निर्माणका लागि मंगलवार काभ्रेको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बुधबार मन्त्रीस्तरीय निर्णयबाट उक्त समिति गठन गरेका हुन् ।

समितिमा इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा गठित नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी सदस्य छन् भने सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा छन् ।

मंगलबार मन्त्री अधिकारी, सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा सहितको टोलीले बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूली चौरको स्थलगत भ्रमण गरेको थियो ।समितिलाई यी तीन वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन् । विमानस्थलमा बढेको हवाइ चापबाट उडान र अवतरण गर्दा जहाजहरु लामो समय होल्डमा पर्ने र उडानहरु ढिलो र रद्धसमेत हुने गरेको थियो ।
उक्त समस्यालाई ध्यानमा राखी काठमाडौं नजिकै वैकल्पिक विमानस्थल निर्माण गरी आन्तरिक उडान त्यहाँबाट सञ्चालन गर्ने सरकारको तयारी छ ।

56 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank