राष्ट्रपतिको कतार भ्रमणले विमानस्थल दुईघण्टा बन्द !

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चार दिने विदेश भम्रणका लागि कतार प्रस्थान गरेकी छिन् । कतारका राष्ट्राध्यक्षको निमन्त्रणामा कतार गएकी हुन् । उनी कतार प्रस्थानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रवेश गर्दा विमानस्थल दुई घण्टा बन्द गराइएको छ ।

जसका कारण यात्रुहरु अलपत्र परेका छन् । डेढ घण्टा प्लेनमै बसाएर फेरि विमानस्थलको प्रस्थान कक्षमा फर्काइए पछि यात्रुहरुले राष्ट्रपति नयाँ राजा, नागरिकलाई सास्ती दिने पात्र भएको टिप्पणी गरेका छन् ।

विहान १० बजे पछिका उडान हुन सकेका छैनन् । आन्तरिक र बाह्य उडान समेत प्रभावित बनेका छन्। १२ बज्दा समेत कुनै पनि उडान हुन नसक्दा यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरुकाे गुनासाे रहेकाे छ।

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank