तारा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

शनिबार, जेष्ठ २६, २०७५



नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो ।

विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए ।

दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ । तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank