विमान दुर्घटना- क्यानका पूर्वमहानिर्देशक दलीको अध्यक्षतामा छानविन समिति गठन

सोमवार, बैशाख २, २०७६



काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान भएको बिमान दुर्घटना बारे छानविन समिति गठन भएको छ । सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल तीन जनाको ज्यान जाने गरि भएको दुर्घटनाको बारेमा सत्यतथ्य छानविन गर्न समिति गठन गरिएकाे हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

छानविन समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन । त्यस्तै समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । दुर्घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाया र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य घाइते भएका थिए । उनीहरुको सामान्य उपचारपश्चात् घर फर्कि सकेका मन्त्रालयले आइतबार ासाँझ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुहाेस

लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकोप्टर ठोक्कियो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank