१७९ यात्रु बोकेको विमान विमानस्थलमै ठोक्कियो

बिहिबार, मंसिर १३, २०७५



स्टकहोम । नयाँ दिल्लीबाट स्वीडेनका लागि उडेकाे  एयर इण्डियाको विमान विमानस्थलकै घरमा ठोक्किएको छ । १७९ यात्रु विमान भित्रै रहेको समयमा भएको उक्त दुर्घटनामा सबै यात्रु सकुशल रहेको जनाइएको छ ।

स्टकहोम प्रहरीले बताए अनुसार, घटना बिहिबार विहान ५.४५ बजेको समयमा घटेको हो । स्कटहोम विमानस्थलको टर्मिनल ५ भन्दा करिब ५० मिटरको दुरीमा उक्त घटना घटेको हो ।  घटना पछि देखाइएको विमानको तस्वीरमा बोइंग विमान रनवेमा छ भने विमानको अगाडीको भाग घर भित्र छिरेको छ ।

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank