१८९ यात्री सवार विमान दुर्घटना

सोमवार, कार्तिक १२, २०७५



जकार्ता । इण्डोनेसियाको लायन एयरलाइन्सको विमान उडान भरेको केही समय भित्रै दुर्घटना भई समुन्द्रमा खसेको जनाएको छ ।  उक्त दुर्घटना राजधानी जकार्ताबाट उडान गर्ना साथ भएको हो । एयरलायन्स प्रवक्ता युसुप लतिफले बताए अनुसार, विमानमा सवार यात्रुको संख्या एकिन भएको छैन् ।

अनुमान अनुसार विमानमा १८९ जना यात्रु सवार रहेका थिए । इण्डोनेसिया आपत एजेन्सी प्रवक्ताले ट्वटिमा राखेको तस्वीर अनुसार विमान क्रयास भएको देखिन्छ । प्रवक्ताको ट्वीट अनुसार तीन बच्चा सहित १८१ यात्रु र चालकदलको ७ सदस्य विमानमा थिए ।  दुर्घटना पश्चात  इण्डोनेसियाको टिभीले विमानकाे इन्धन समुन्द्रमा फैलिएको देखाएको छ ।

1

इण्डोनेसियाको जकार्ताबाट ७३७ म्याक्स ८ मोडेलको बोइङ अाइसल्याण्ड सुमात्राकाे पिनग नामक शहरकाे लागि  उडान गर्दै थियो । विमान उडेको केवल १३ मिनेट पछि सम्पर्क विहिन भएको एयरलाइन्सको चीफ एडवर्ड सिरेतले मिडियालाई बताए ।

2

226 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank