भारतीय सांसद आजादलाई दुश्मन घोषणा गरी कारवाही गर्न निधिको माग

शनिबार, बैशाख २९, २०७५



काठमाडौँ । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले ‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ’ भन्ने भारतीय सांसद किर्ति आजादलाई तुरुन्त कारवाही गरेर सार्वजनिक गर्न माग गरेका छन् । आजादले ट्वीट गर्दै ‘दुई वर्ष वर्ष पहिले अंग्रेज र नेपालबीच सन्धी भएर मिथिलाको भाग नेपाललाई दिएको र अव त्यो सन्धीको अवधि सकिएकाले मिथिला राज्य गठन गर्न’ मोदीलाई आग्रह गरेका थिए ।

निधिले जवाफमा ट्वीट गर्दै भनेका छन– ‘जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं । त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो । मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्। नत्र हामी बर्दास्त गर्दैनौ।’

Nidhi

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank