निधिद्वारा डा. अधिकारी र डा. देवकोटाको स्वास्थ्य लाभको कामना

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा. डा. यज्ञ अधिकारीलाई शुक्रबार भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्ब कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।

२०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबमा डा. अधिकारी नेविसंघका तर्फबाट त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्बाचित भएका थिए । प्रजातन्त्र सम्बद्र्धन केन्द्रका महासचिब भएका अधिकारीले नेपालको सन्दर्भमा सामाजिक न्याय पुस्तक लेखेका थिए ।

त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहेका अधिकारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नेपालका पूर्ब निर्देशक समेत हुन् । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न अधिकारी केही समय अघिमात्र अबकाश भएका थिए ।

यसैबीच, न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देबकोटालाई भेटेर कांग्रेस नेता निधिले स्वास्थ्य लाभको कामना गरेका छन् ।

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank