विमल गिरीका तीन मुक्तक

शनिबार, भदौ ३०, २०७५



(१)
नजान्दा’प्रेम’शब्द छाढा पनि हो
मन भित्र संवेगको डाढा पनि हो
अभिप्राय प्रत्यक्ष अप्रत्यक्ष जे होस्
प्रेम फूल हो अनि काँडा पनि हो ।

(२)
उबेलामा हृदयमा घाम बनि आयौ
जीवन दिन्छु भन्दै राम बनि आयौ
सधैं मार्गदर्शन गर्ने हृदयको राजा
परदेशबाट आज खाम बनि आयौ ।

(३)
बैशको ब्याड अतृप्त मन अपुरै रह्यो
नहेरीनै कामुक आँखाहरु मधुरै रह्यो
तिम्रो मुस्कानमा जाँदु हुँदा हुँदै पनि
रोचक कुरा भन्ने धोको त अधुरै रह्यो ।

302 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank